सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता

`

     २०७९ ज्येष्ठ २२ गते ५:५४

काठमाडौं, जेठ २२ । सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ ।

आइतबार अपरान्ह सभामुख अग्निप्रसाद सापकोटा प्रधानमन्त्री शेरबहादुर देउवा लाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै सचिवालयका अनुसार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?