सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ ज्येष्ठ २२ गते १२:१२

काठमाडौँ, २२ जेष्ठ । साताका पहिलो दिन आइतबार सुन-चाँदीको मूल्य घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन छ सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार थियो।

त्यस्तै,चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी १ हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?