यो वर्षको वातावरण पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्दलाई दिने

`

     २०७९ ज्येष्ठ २२ गते १०:२९

काठमाडौँ, जेष्ठ २२ । नेपाल वातावरण पत्रकार समूहले यो वर्षको वातावरण पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्द पोखरेललाई दिने भएको छ । समूहले प्रत्येक वर्षको विश्व वातावरण दिवस (जुन ५)मा पुरस्कार घोषणा गर्ने गरेको छ ।

गोविन्द पोखरेलले कान्तिपुरमा विज्ञान-प्रविधि, वन्यजन्तु, जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी रिपोर्टिङ गर्दै आएका छन् ।

अर्जुन ढकाल, चन्द्रशेखर कार्की र जुद्धबहादुर गुरुङ सम्मिलित निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको समूहको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?