बालेनले फेरि भेटे मन्त्री झाँक्रीलाई,काठमाडौंको फोहोर उठाउन नसकेपछि बालेनलाई झन् बढ्यो तनाव

`

     २०७९ ज्येष्ठ २२ गते ८:००

काठमाडौं, जेठ २२ । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र काठमाडौं मेयर बालेन साहबीच छलफल भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका हुन्।

काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख साहले आग्रह गरेका हुन्। छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो । मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको ’सेल वान’ मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् । उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पूरा गर्ने समेत वचन दिइन् । जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?