विश्वभर नै फैलिँदै मंकीपक्स,यस्ता छन् रोगका लक्षणहरु-

`

     २०७९ ज्येष्ठ २१ गते ८:२१

काठमाडौं, जेठ २१ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन् ।

मंकीपक्सका लक्षणहरुमा हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन् । यसले मध्य तथा पश्चिमी अफ्रिकामा महामारीको रुप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?