काठमाडौँ, २० जेष्ठ । आज सुन-चाँदीको मूल्य उकालो लागेको छ।
आज सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला ९७ हजार छ सय रूपैयाँमा र चाँदी १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य प्रतितोला नौ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ बढेको हो।




