काठमाडौँ, १९ जेष्ठ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए ।
सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने पनि बताए । ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुव हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’




