काठमाडौँ, जेष्ठ । सीमा सुरक्षाका जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलको सक्रियतामा मधेश प्रदेशबाट मानव बेचबिखनमा पर्न लागेका ४६ जना महिलालाई उद्दार गरिएको छ ।
प्रदेशको विभिन्न स्थानबाट विभिन्न प्रलोभन दिएर भारततर्फ बेचबिखनका लागि लैजाने क्रममा ४६ महिलाको एद्दार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी गणेश ठाडामगरले जानकारी दिए ।




