बलिउडका गायक केकेको निधन

`

     २०७९ ज्येष्ठ १८ गते १०:३४

काठमार्डाैँ, जेष्ठ १८ । बलिउड गायक केके (कृष्णकुमार कुन्नथ) को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका केकेको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालमा पुगेका पश्चिम बंगालका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकले हृदयघातबाट उनको निधन भएको हुनसक्ने प्रारम्भिक जानकारी दिएका छन् ।

कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन उनी त्यहाँ पुगेका थिए । बलिउडसहित तामिल, तेलेगु, कन्नड, मराठी, बांग्ला र गुजराती फिल्ममा समेत उनले गीत गाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?