काठमाडौँ, १७ जेष्ठ । मंगलबार सुन-चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २०० रूपैयाँ घटेर प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।




