काठमाडौँ, १६ जेष्ठ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू बैठकमा सहभागी छन्।
स्थानीय तह निर्वाचन र बजेटबारे समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रमबारे सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।




