२४ युवती मिस नेपालका लागी भिड्दै

`

     २०७९ ज्येष्ठ १६ गते २:०९

काठमाडौं, जेठ १६ । ‘मिस नेपाल–२०२२’ को उपाधिका लागि २४ युवती भिड्ने भएका छन् । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमकाबीच फाइनल २४ युवती सार्वजनिक गरेको हो ।

प्रतियोगिताको फाइनल ४ असारमा आयोजना हुँदैछ । जसमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् ।

मिस नेपाल फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?