काठमाडौँ, जेठ १६ । काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मेयरमा निर्वाचित बालेन शाहलाई जिल्ला न्यायाधीशले शपथ गराएका हुन् ।
उपमेयरमा निर्वाचित सुनिता डंगोललाई शपथ गराएका थिए ।
मेयर बालेनले त्यसपछि ३२ वडाका वडा अध्यक्ष र सदस्यहरुलाई शपथ गराएका थिए ।
यस अघि मुख्य निर्वाचन अधिकृतको कार्यलयले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । महानगरका निर्वाचित सबै पदाधिकारीहरुले आजै पदभार ग्रहण गर्ने बताइएको छ ।




