काठमाडौं, जेठ १५ । सरकारले निर्माणाधिन स्थानीय तहका आधारभूत अस्पतालका लागि १० अर्ब बजेट छुट्याएका छ । आगामी आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेट आज आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब बजेट छुट्याएका हुन् ।
स्थानीय तहका ६५५ वटा आधारभूत अस्पताल निर्माणका लागि १० अर्व विनियोजन गरिको अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे । यस्तै,सरकारले ९८ वटा औषधि निशुल्क दिने समेत उनले बताए । पुराना निर्माणाधिन अस्पतालका लागि समेत बजेट विनियोजना गरेको उनले बताए । सबै प्रदेशमा डायलासिस सेवाका लागि लागि सबै प्रदेशमा सञ्चालन २० करोड विनियोजन गरिएको छ




