प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

`

     २०७९ ज्येष्ठ १३ गते १२:००

काठमाडौँ, १३ जष्ठ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फेरी विरोधमा उत्रिएको छ ।

बैठक शुरु हुनासाथ उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले विशेष समय लिएर बोलेको विषयमा एमालेका सांसदहरुले आपत्ति जनाउदै विरोध गरेका छन् ।

मन्त्री बडूले ओलीले भने जस्तो सरकारले आयल निगमको विकल्प खोजेको र सबै पेट्रोलियम पदार्थ ल्याउने जिम्मा निजी क्षेत्रलाई दिने भन्ने कुरा सत्य नभएको बताएका थिए ।

एमालेले मन्त्री बडूले आफ्ना अध्यक्षप्रति गलत र असंसदीय भाषा प्रयोग गरेको भन्दै संसद अवरोध गरेको छ ।

एमालेको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?