काठमाडौँ, १३ जेष्ठ । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रूपैयाँले बढेर ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य १० रूपैयाँ बढेर प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।




