अरू पार्टीका कारण होइन यस पटक एमालेमा अन्तर्घात भयो : ओली

`

     २०७९ ज्येष्ठ ११ गते ५:२०

काठमाडौँ, ११ जेष्ठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा बोल्दै स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्।

‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो भएको हो।’

एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर / अध्यक्ष जितेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?