सुनको मुल्यमा वृद्धि

`

     २०७९ ज्येष्ठ ११ गते १२:३६

काठमाडौं, जेठ ११ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ छ । सुनको मूल्य पछिल्ला तीन दिनयता एउटै मूल्यमा कारोबार भइरहेको थियो । साताको पहिलो कारोबार दिन आइतबारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । सोमबार र मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?