काठमाडौं,जेठ १० । मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा,तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ ।
हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने सरकारले बताएको हो।




