जनकपुरधामका मेयर मनोज साहले मंगलबार पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गरे

`

     २०७९ ज्येष्ठ १० गते ५:३१

काठमाडौँ, जेठ १० । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले मंगलबार पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

साहले पहिलो निर्णय फोहोरबारे गरेका छन् । यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीतकृत रुपमा गरिरहेकोमा त्यसलाई विकेन्द्रित गर्दै सबै वडालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

यसअघि बजार क्षेत्रको धेरै ठाउँमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा समेत मेयरले ध्इान नदिएको भन्दै उनले बताए ।

यस्तै, उपमहानगरपालिका कार्यालयलाई थप सेवाग्राही मैत्री बनाउने, सुशासनयुक्त र पारदर्शी बनाउने निर्णय पनि भएको छ ।

कर्मचारी अभावले यसअघि विभिन्न शाखामा विषय बिज्ञ नभएपनि खटाउने काम हुँदै आएकोमा त्यसलाई रोक्ने निर्णय भएको उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?