काठमाडौँ, १० जेष्ठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल ५२ हजार ३० मतसहित विजयी भएकी छन् ।
उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतको अन्तरले पराजित गरेको हो । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।
यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।
उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।
विजयी भएका जनप्रतिनिधिहरुलाई जिल्ला समन्वय समितिको हलमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।




