भरतपुर अपडेट : ११२३७६ मतगणना हुँदा रेनु दाहालले ४५२३९ मत प्राप्त गरे

`

     २०७९ ज्येष्ठ ०९ गते २:१९

काठमाडौँ, जेठ ९ । भरतपुर महानगरपालिकामा ११२३७६ मतगणना सम्पन्न भएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ३४६४२ मत प्राप्त गर्दा सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४५२३९ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३७६१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४६३०० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७३५७ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?