काठमाडौं महानगरपालिकामा बालेनको फराकिलो अग्रता

`

     २०७९ ज्येष्ठ ०९ गते ११:४८

काठमाडौं, जेठ ९ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेनले ४३७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जनाले २५६८० मत प्राप्त गरेका छन् यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २४५७८ मत ल्याएका छन्

उपप्रमुखमा  सुनिता डङ्गालले ४४७०५ मत ल्याएर अग्रस्थानमा रहेकी छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५६७० मत पाएका छन् ।

अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?