सुनचाँदीको मूल्य स्थिर

`

     २०७९ ज्येष्ठ ०९ गते ११:१५

काठमाडौँ, ९ जेष्ठ । सोमबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो केही दिन सुनचाँदीको मूल्य घटेकोमा यो साता भने बढिरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?