काठमाडौं, जेठ ९ । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । जारी मतगणनामा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३७५७ मत ल्याइ अग्रता कामयै राखेका छन् । सोमबार बिहानसम्मको मत गणनामा साहले ४३७५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २५६८० मत ल्याएका छन् त्यस्तै एमाले मेयरका उम्मेदवार केशव स्थापित २४५८८ मत ल्याइ तेस्रो स्थानमा छन् ।
उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले अग्रता बढाउँदै छन् । सुनिता डंगोलले ४४७०५ मत ल्याउँदा प्रतिस्पर्धी गठबन्धनका तर्फबाट रामेश्वर श्रेष्ठले १५६७० मत पाएका छन् ।




