भरतपुर महानगरपालिकामा रेनु दाहालको ८४९२ मतको अग्रता

`

     २०७९ ज्येष्ठ ०८ गते ६:०६

काठमाडौँ, जेठ ८ । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले ८४९२ मतले अग्रता लिएकी छन् ।

पछिल्लो अपडेट अनुसार नेकपा (एमाले) का विजय सुवेदीले ३०१६३ मत प्राप्त गरेका छन् भने रेनु दाहालले ३८६५५ मत प्राप्त गरेकी छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२६४१ मत प्राप्त गरेका छन् ।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई १७२७ मतान्तरले अग्रता लिएका छन् । चित्रसेन अधिकारीले ४०९०० मत प्राप्त गर्दा हिमला गुरुङले २३८७३ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरपालिकामा हालसम्म १ देखि १९ नम्बर वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले भरतपुरका २० र २१ नम्बरको मत गणना भइरहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?