बिहारमा भारी वर्षासहित आएको आँधीमा परेर ३३ जनाको ज्यान मृत्यु

`

     २०७९ ज्येष्ठ ०८ गते २:५०

काठमाडौँ, ८ जेठ । भारतको राज्य बिहारमा बिहीबारदेखि भारी वर्षासहित आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ ।

बिहार राज्यका मुख्मन्त्री नितिश कुमारलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ ।

यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ । सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरुलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?