खोटाङमा माझी समुदायबाट सोमबहादुर माझी वडा सदस्यमा विजयी

`

     २०७९ ज्येष्ठ ०८ गते २:२९

काठमाडौँ, जेठ ८ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् ।

३७ वर्षीय माझीले कांग्रेसकातर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जितेका हुन् । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका माझीले गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताए ।

यसपटक भने सोमबहादुर माझी समुदायबाट एक्लो जनप्रतिनिधि बनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?