काठमाडौं, जेष्ठ ७ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढी उपमहानगरपालिकामा १० हजार ९९ सय ९७ मतको अग्रता लिएका छन् । बिहान साढे ७ बजेसम्म ५१ हजार ६५ मत गणना हुँदा हमालले २२ हजार ५ सय ४१ पाएका छन् । कांग्रेसका नृपबहादुर ओडले ११ हजार ५ सय ४४ल्याएका छन् । एमालेका रणबहादुर चन्दको ६ हजार ४ सय ३२ मत छ ।
यसैगरी उपमेयरमा निकटतम प्रतिस्पर्धी माओवादीका शान्ति अधिकारी क्षेत्रीले १० हजार ७ सय ३ मत ल्याएकी छन् भने एमालेका कन्दकला रानाले १० हजार ८ सय ८० मत ल्याएर अगाडि छन् ।




