बसन्त कुमार लामालाई २ दिनको लागि एआईजीको फुली

`

     २०७९ ज्येष्ठ ०६ गते ७:५१

काठमाडौं, जेठ ६ । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका बसन्त कुमार लामालाई एआईजीको फुली लगाइदिएका छन्। शुक्रवार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका लामाको कार्यकाल २ दिन मात्र रहनेछ । उनि ५६ वर्षको उमेर हदका कारण जेठ ७ मा राति १२ बजेबाट अवकाशमा जानेछन्।

प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार लामालाई शनिवार र आइतबारको बिदा सकिएपछि बिदाई गरिनेछ। वैशाख २३ मा बढुवा समितिले डिआईजी लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा मन्त्रिपरिषद्ले लामालाई मात्रै बढुवा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?