बलात्कारको अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन थापाको माग

`

     २०७९ ज्येष्ठ ०६ गते २:२३

काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै थापाले भने ‘हिजो साँझ घर जाँदा मेरो श्रीमति र दुई छोरीहरू एउटा सामाजिक सनजालमा आएको नौजवानले आफूमाथि आठ वर्षअघि भएको बलात्कारबारे बताइरहेको भिडियो हेरिरहेका थिए। त्यसको प्रतिक्रियामा मैले मेरी छोरीको आँखामा डर देखेँ,’ उनले भने, ‘यत्रो विषय सार्वजनिक भैसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ तत्कालै उसलाई अनुसन्धानको दायरामा ल्याउनका निम्ति म अनुरोध गर्दछु।’

थापाले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्यादमा आवश्यक पुनर्विचार गर्न पनि सरकारसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?