काठमाडौँ, जेठ ६ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १२९७ मतको अग्रता ल्याइ मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
सत्तारुढ दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै साम्पाङले अग्रता लिइरहेका छन् ।
शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९३५७ मत गणनाको नतिजा अनुसार साम्पाङले १२१५ मत प्राप्त गरिसकेका छन् । कांग्रेसका उम्मेदवार किशोर राईले १०७१८ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ८७३९ मत प्राप्त गरेकी छिन् ।
उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाको ६११ मतको अग्रता कायम छ । उनले १२३७६ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वो लिम्बुले ११७६५ मत प्राप्त गरेका छन् ।
हाल वडा नं ११, १३ र १४ को मतगणना जारी छ ।




