काठमाडौँ, ६ जेष्ठ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु भएको छ ।
नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । नतिजा आईसकेका पालिकामा जनप्रतिनिधिहरुले भने आजै शपथ ग्रहण गरी कार्यकाल सम्हाल्हेका छन् ।
नयाँ जनप्रतिनिधिहरुको मतगणना कार्य नसकिएपनि आजबाट नै जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको मानिने छ । तर मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधि बिहीन हुनेछन् ।
देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् ।