काठमाडौँ, जेठ ६ । सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवारले जित हासिल गरेको छ । अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित भएका हुन् ।
अध्यक्षमा रामप्रमोद यादवले २ हजार ६९५ मतका साथ जनता समाजवादी पार्टीका उम्मेदवार रामसोगारथ यादवलाई पराजित गरेको हो । पराजित रामसोगारथले २ हजार ५१७ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित चौधरीले २ हजार ५७१ मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अरहुल्लादेवी यादवले २ हजार ३२३ मत पाइन् ।




