यौन हिंसाविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

`

     २०७९ ज्येष्ठ ०६ गते १२:०६

काठमाडौँ, ६ वैशाख । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

सामाजिक सञ्जालमा पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रधानमन्त्री निवास अगाडि प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले ‘दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?