काँग्रेसका उम्मेदवार चिरिबाबुले कटाए २० हजार मत

`

     २०७९ ज्येष्ठ ०६ गते ८:४०

काठमाडौं, जेठ ६ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनका मेयरका साझा उम्मेदवार नेपाली काँग्रेसका चिरीबाबु महर्जनले २२७२३ मत प्राप्त गरी अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १२ हजार ५१३ मतसहित पछ्याइरहेको अवस्था छ ।

उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएको छ । एमालेकी उम्मेदवार मन्जली शाक्यले १२ हजार ५२१ मत प्राप्त गरी अग्रता कायम राखेकी छिन् । गठबन्धनबाट माओवादीका बाबुराज बज्राचार्यले ७ हजार ९०० मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?