ललितपुरको गोदावरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा काँग्रेस विजयी

`

     २०७९ ज्येष्ठ ०५ गते १२:५६

काठमाडौँ, ५ वैशाख । ललितपुरको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् ।

उक्त नगरपालिकामा प्रमुख तर्फमा गजेन्द्र महर्जनले १७ हजार ९२२ मत पाएका छन् । उनको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत ल्याउन सफल भएको छ ।

साथै, उपप्रमुखमा मुना अधिकारीले १६ हजार १८४ मत ल्याएर विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?