काठमाडौँ, ५ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ विजयी भएका छन्।
तामाङले नेकपा एमालेका विदुरप्रसाद सापकोटालाई १०५५ मतले पराजित गरेका हुन् । मण्डनदेउपुरमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो।
उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल विजयी भएका छन्। उनले ११३०५ मत प्राप्त गरे।




