देवदह नगरपालिकामा मेयर-उपमेयरमा एमाले विजयी

`

     २०७९ ज्येष्ठ ०४ गते ४:२८

काठमाडौँ, जेठ ४ । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएको छ । खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई हराउँदै निर्वाचित भएको हो । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए ।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन् ।

२०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?