कठमाडौँ, जेठ ४ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले ८११५ मतको अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले १६ हजार ८९३ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
एमालेका उम्मेदवार केशव स्थापितभन्दा बालेन ८११५ मतले अगाडी रहेका छन् । केशव स्थापितले ८७७८ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ७८८० मत प्राप्त गरेकी छन् ।
काठमाडौँ महानगरको वडा नम्बर १, २, ३ र ५ को मतगणना अन्तिम परिणाम आउँदा ४ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ४, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।




