काठमाडौं, जेठ ४ । काभ्रेको खानीखोला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर थिङ छिन्ताङ ४४८५ मतका साथ विजयी भएको छ। उनले एमालेका उम्मेदवारलाई १३३० मतान्तरले हराएका हुन् ।
यस्तै उपाध्यक्षमा काँग्रेसका उम्मेदवार दोर्जेमान जिम्बाले एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित थिङ माओवादी केन्द्र बागमती प्रदेशका सचिव इन्द्रबहादुर हुन् । भने जिम्बा कांग्रेस खानीखोला गाउँपालिकाका सभापति हुन् ।




