काँग्रेस २०१ स्थानीय तहमा प्रमुख र १९२ तहमा उपप्रमुख बन्यो

`

     २०७९ ज्येष्ठ ०४ गते ११:१७

काठमाडौँ, जेठ ४ । नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ ।

गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?