काठमाडौं, जेठ ४ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २६४२६ मतगणना गर्दा मत गन्दा रेनु दाहालले ९५४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८०८७ मतले पछ्याउँदैछन् । विजय सुवेदी रेनु भन्दा १४५५ मतले पछाडि परेको छ । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४३१५ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी हिमला गुरुङले ६५९३ मत ल्याउदा चित्रसेन अधिकारीले ११३८२ मत ल्याएर अग्रता कायम गरेका छन् ।
महानगरपालिका ६ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार कृष्णलाल श्रेष्ठले २१८६ मत पाएका छन् भने एमालेका डोल नारायण अधिकारीको मत १८२० रहेको छ ।




