झापाको हल्दीबारी गाउँपालिकामा राप्रपा अध्यक्ष विजयी

`

     २०७९ ज्येष्ठ ०४ गते ७:५२

काठमाडौँ, ४ जेष्ठ । झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्रप्रसाद लिङ्देन निर्वचित भएका छन्।

उनले ६८५६ मत ल्याएका छन्। उनी यसअघिको निर्वाचनमा पनि अध्यक्ष चुनिएका थिए।

लिङ्देनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४६६६ मत प्राप्त गरेका छन्। यस्तै, कांग्रेसका तुलसीप्रसाद ओली २७५८ मतसहित तेस्रो स्थानमा रहेका छन्।

उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?