काठमाडौं, जेठ ३ । नेकपा एमाले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयरमा गठबन्धनलाई हराउँदै विजयी भएको छ। मेयरमा एमालेका जन चन्द्र रोकाया २ हजार २०४ मत ल्याएर विजयी भएका छन्। नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार चन्द्रलाल धरालाले १ हजार ५९६ मत ल्याएका छन्। माओवादीका उम्मेदवार दिलबहादुर विष्टले १ हजार ४२२ मत ल्याएका छन्।
एमालेकी देवी घर्तीले उपमेयरमा १ हजार ८५६ मत ल्याएर विजयी भएकी छन्। उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार काली चलाउनेले १ हजार २९० मत ल्याएकी छन्। २०७४ को स्थानीय तह निर्वाचनमा त्रिपुरासुन्दरीमा एमाले नै निर्वाचित भएको थियो।




