बालेन स्थापित भन्दा ५ हजार मातले अगाडी

`

     २०७९ ज्येष्ठ ०३ गते २:२७

काठमाडौँ, जेठ ३। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले पछिल्लो अपडेट अनुसार ११ हजार ४३४ मत ल्याएर अग्रता कायम राखेका छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ५ हजार १७६ मतले अगाडी रहेका छन् । केशव स्थापितले ६ हजार २५८ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ५४०८ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १०४७७ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३०४८ र राप्रपाकी विनिता मगैयाले २२०२ मत पाएकी छन् ।

त्यसैगरी राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ७८ मत पाएकी छन् र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६३३ मत प्रप्त गरेको छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ र दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ४, ५, ६ र ३१ को मत गणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?