काठमाडौँ,जेठ २ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ६६७ मत ल्याइ सत्तारुढ गठबन्धनकी रेनु दाहाललाई १४ मतले पछी पारेको छ । कडा प्रतिस्पर्धा भइरहेको सो पदमा रेनु दाहालले ३ हजार ६५३ मत
हासिल गर्दा विजय सुवेदीले ३ हजार ६६७ मत ल्याएको छ ।
प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ४१३ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार १५० मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले २ हजार ८८६ मत पाएकी छन् ।




