कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमालेको निर्मल राना विजयी

`

     २०७९ ज्येष्ठ ०२ गते ९:३२

काठमाडौँ, २ जेष्ठ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमाले विजय भएको छ । अध्यक्ष पदमा उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मतसहित निर्वाचित भएका छन् ।

रानाले उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएका छन् ।

छ वडा रहेको लालझाडीमा कूल एघार हजार ३३५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?