धनकुटाको चौबिसे गाउँपालिकामा एमाले विजयी

`

     २०७९ ज्येष्ठ ०२ गते ९:०७

काठमाडौँ, २ जेष्ठ । धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमालेका विजय भएको छ । । एमालेबाट उमेदवारी दिएको राजकुमार लिम्बु ५०३८ मतसहित जित निकाल्न सफल भएको हो ।

उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दलबहादुर मगरले ३९९१ मत प्राप्त गरेको थिायो ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै टंकमाया पाङमी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी मंगल कुमार लिम्बुले ३९८८ मत प्राप्त गरिन्।

धनकुटामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच तालमेल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?