काठमाडौं,जेठ २ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आले समेत उपस्थित भएका थिए ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।




